मानव तस्करीमा मुछिएका सांसद एमालेबाट निलम्बित

मानव तस्करको आरोप लागेका नेकपा एमालेका निर्वतमान मन्त्री पार्टीको संगठित सदस्यबाट निलम्बित भएका छन् । मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । शनिबार च्यासलमा बसेको सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरेको हो ।

बिज्ञापन

मानव तस्करीमा जोडिएपछि उनले अस्तिमात्र मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी एक कार्यक्रममा सहभागी हुन यही कात्तिक १३ गते जापान गएका थिए । उनको भ्रमण दलमा नक्कली कर्मचारी बनाएर ती व्यक्तिसँग १० देखि १३ लाख उठाइएको खुलेको छ । यसरी रकम उठाइएकामा खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा रहेका छन् ।

बिज्ञापन

कीर्ते कागजात बनाउन सघाउनेमा धादिङका ३४ वर्षीय महेश पाण्डे, दोलखाका वीरबहादुर सुनार र नुवाकोटका जुगल रिजाल समेत जोडिएका छन् । नक्कली कागजात बनाएर मन्त्रीसँगै अन्य मान्छेलाई जापान लैजान योगराज भनिने गोपाल गौतमले भूमिका खेलेको खुलेको छ । गौतम सांसद अधिकारीकै निर्वाचन क्षेत्रका हुन् । उनी सिंहदरबारमा सरसफाई मजदुर सप्लायर्सको काम गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष