पुण्य गौतममाथि आक्रमण गर्ने रसुवाका मिलन पक्राउ

जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् ।

बिज्ञापन

बुधबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसको क्रममा न्यायाधीश उमानाथ गौतमको इजलासले अभियुक्तहरूलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला भने अर्को पेशीमा हुनेछ । मिलन भनिने दिलबहादुर गङदानले निर्देशन दिएपछि टाँसी लामा भनिने सञ्जीव तामाङले पुण्य गौतमलाई आक्रमण गरेका थिए । उनीहरु ‘भाइरल म्यान दुर्गा प्रसाईं’को अभियानका सदस्य हुन् । उनीहरूविरुद्ध मुद्दा चले पनि दुर्गा प्रसाईंविरुद्ध भने अनुसन्धान भएन ।

बिज्ञापन

२१ असोजमा भएको आक्रमणमा घटनास्थलमा अभियुक्तको टोपी समेत भेटिएको थियो । साथै प्रहार गरिएको रड समेत बरामद भएको थियो ।प्रहरीसँगका बयानमा टाँसी लामा भनिने सञ्जीव तामाङले मिलन भनिने दिलबहादुर गङदानबाट १० हजार रुपैयाँ अग्रिम पाएको, ४० हजार रुपैयाँ घटना भएपछि पाएको र बाँकी पाउन बाँकी रहेको बताएका छन् ।

गत असोज २१ गते राति गौतममाथि उनको घर नजिक रड प्रहार भएको थियो । सख्त घाइते अवस्थामा उनलाई छिमेकीले उद्धार गरेका थिए । उपचारपश्चात उनको अवस्था सुधारोन्मुख छ । सो घटनामा प्रहरीले उनीहरुलाई असोज २४ गते पक्राउ गरेको थियो । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको छ । मिलन लामा दुर्गा प्रसाईंले चलाएको अभियानका प्रतिरक्षा कमान्डर हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष