कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान

कात्तिक २१,काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आज मेक्सिको प्रस्थान गर्नुभएको छ । मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तराष्ट्रिय संस्था ( CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा मन्त्री अधिकारी सहभागी हुनुहुनेछ । मन्त्री अधिकारीे मकै र गहुँवाली प्रर्वद्धन सम्वन्धी दुईपक्षीय र वहुपक्षीय वैठकहरुमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफल वाट नेपाल सरकार र उक्त संस्था वीच भएको १० वर्षीय सम्झौता अनुरुपका अनुसन्धान तथा विकासका क्रियाकलापहरु र संयुक्त कार्यक्रम विकासकोे योजना तयार गरिनेछ । मन्त्री अधिकारीले मेक्सिकोको कृषि सम्वन्धी अधिकारी र आयोजक संस्थाका प्रमुख सँग पनि भेटवार्ता गर्नूहुनेछ ।

बिज्ञापन

मन्त्री अधिकारीको भ्रमणले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अनुरुपका क्रियाकलापहरुमा टेवा पुग्ने छ । मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी , मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारी लगायत हुनुहुन्छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष