१२९ कर्मचारीलाई मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति,लोकसेवाले गर्यो खारेज

८ महिना अगाडि स्थायी नियुक्ति लिएर काम गर्दै आएका १२९ कर्मचारीको नियुक्ति खारेजीमा परेको छ । प्रचलित ऐन कानुन विपरित मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति गरिएका ती कर्मचारीहरुको नियुक्ति खारेज गर्न लोकसेवा आयोगले पोखरा महानगरपालिकालाई पत्र काटेको हो ।

बिज्ञापन

पोखरा महानगरपालिकाले ०८० फागुनमा लामो समयदेखि करार सेवामा कार्यरत १ सय २९ जना कर्मचारीलाई स्थायी नियुक्ति दिएको थियो । महानगरले स्थायी पदपूर्तिका लागि २०८० कात्तिक २३ गते सूचना प्रकाशन गरेर दुई चरणमा ती कर्मचारीलाई स्थायी गरिएको थियो । पोखरा महानगरपालिकाले एक पटकका १९ जना र अर्को पटक ११० जना गरेर स्थायी रूपमा नियुक्त गरेको थियो ।

बिज्ञापन

स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई टेकेर नियुक्ति दिएपछि सोही समयदेखि नै उक्त नियुक्ति विवादमा परेको थियो । आन्तरिक परीक्षा भनिए पनि मौखिक परीक्षा लिएर उनीहरुलाई स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई टेकेर नियुक्ति दिएको थियो । यसरी गरिएको नियुक्ति कानुनसंवत नभएको भन्दै प्रदेश लोकसेवा आयोगले तत्कालीन समयमा गरिएका सबै नियुक्ति खारेज गरिदिएको छ । आयोगको १३ गतेको बैठकबाट उक्त नियुक्ति खारेजीको निर्णय भएको हो ।
आयोगको आदेश सँगै स्थायी नियुक्त भएका १२९ जना को नियुक्ति विवादमा परेको छ र उक्त नियुक्ति वदर भएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष