काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।
बिज्ञापन
३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् । उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत भइसकेका अधिकृत पाण्डे चढेको स्कुटरमालाई मालवाहक ट्रकले ठक्कर दिँदा निधन भएको हो । पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई हाल चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्दै आएका थिए ।
बिज्ञापन
ट्रक चालक अर्जुन ढुंगानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ। चालक भने हेटौंडाका रहेको प्रहरीले जनाएको छ।