कोप सम्मेलनमा सहभागी जनाउन वन मन्त्रालयका स्टोरकिपरदेखि सचिवसम्मका कर्मचारी अजरबैरान जाने भएका छन् ।
यही कात्तिक २६ सुरु भई मङ्सिर ७ गतेसम्म सञ्चालन हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन यही वन मन्त्रालयका ३० भन्दा बढी कर्मचारीमध्ये केही त्यसतर्फ पुगिसकेका छन् भने केही कर्मचारी जाने तयारी गर्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेल समेत सहभागी हुने उक्त कार्यक्रममा जान वन मन्त्रालयका कर्मचारीको लर्को लाग्ने भएको छ । पौडेल कात्तिक २५ गते उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।
राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वन मन्त्रालयबाट सहसचिव सिन्धु ढुंगानासहितको एक टोली मंगलबार बाकु पुगिसकेको छ ।
यस्तै अर्को सहसचिव महेश्वर ढकाल, राजु सापकोटा, शिव खनाल,सुमन सुवेदी, नारायण पोखरेल, हिमाल सिवाकोटी, दिपा वली, मेघनाथ काफ्ले, राजेन्द्र ढुंगाना, केशवराज जोशीसहित २६ जनाको टोली वाकु पुग्दैछ । उक्त कार्यक्रममा भाग लिनवन मन्त्री ऐनबहादुर शाहीका छोरा राजेन्द्र शाही, सचिवालयका कर्मचारी समेत जाँदैछन् । उक्त बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउने जनाइएको छ । विज्ञहरुलाई वेवस्ता गरी मन्त्रालयका कर्मचारी,मन्त्रीका छोरालाई उक्त कार्यक्रममा पठाउन लागिएको प्रति कर्मचारीहरुले तीतो पोखेका छन् ।