गृह मन्त्रालयले थप दुई सहसचिवको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत बसन्त अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा पठाएको छ भने गृह मन्त्रालयमा कार्यरत रामबन्धु सुवेदीलाई अधिकारीको ठाउँमा व्यवस्थापन गरिएको छ ।
बिज्ञापन
मन्त्रालयले ठूलो कसरत गरेर सरुवा गरेको छ । यस अगाडी १७ जना सिडिओसहित २७ जना अधिकारीहरूको सरुवा गरेको थियो ।
त्यस्तै बिहीबार मात्रै मन्त्रालयले ६ जना उपसचिवहरुको सरुवा गरेको थियो ।