स्वास्थ्यमन्त्री पौडेलको एक्सन, सय दिनमा भयो यस्तो सुधार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन् ।
उनले एकसय दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन् ।

बिज्ञापन

यस्तै जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुडकिलो शिर्षकलगायत उल्लेख छन् ।

बिज्ञापन

साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए ।
एमडी, एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरुलाई प्रादेशिक अस्पतालहरुमा कामकाजमा लगाइएको तथा प्रदेश तथा स्थानीय तहहरुमा दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीहरुको सम्बन्धमा समस्या समाधानको कार्य प्रारम्भ भएको समेत बताए ।

त्यसैगरी हैजा, डेंगी, झाडापखाला लगायतका संक्रामक महामारी तथा जनस्वास्थ्य विपदहरुको पूर्वतयारी र प्रतिकार्यका लागि तीनै तहमा रहेका प्रतिकार्य टोलीहरु सक्रिय बनाइएको जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष