मन्त्रिपरिषद् बैठक आज बस्दै, सचिवमा बढुवाका लागि विष्ट सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बिज्ञापन

प्राप्त जानकारी अनुसार बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको हो । ५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको हो ।

बिज्ञापन

४ पटक लगातार कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने गरिन्छ । यसअघि ४ पटक कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर तीन–तीन जनाको नाम बढुवा सिफारिस भएकाले अहिले ज्येष्ठताका आधारमा बष्टि सिफारिस भएका हुन् ।

उनलाई प्रदेशमा प्रदेश प्रमुख सचिवको रूपमा पदस्थापन गर्नेछ भने रिक्त सचिवमा प्रदेश प्रमुख सचिवहरूमध्येबाट एक जनालाई संघमा ल्याउने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष