गृहबाट को ‘आउट’ ? को ‘इन’ ?

गृह मन्त्रालयले केही दिनमा ठूलो संख्यामा सहसचिव र उपसचिवहरुको सरुवा गर्दै छ । सम्भवत: शुक्रबारसम्ममा सहसचिव र उपसचिवहरुको सरुवा हुने बुझिएको छ । अहिले  गृह मन्त्रालयमा दर्जन बढी सहसचिवहरु जिम्मेवारीविहीन ‘बरण्डा’मै थन्क्याइएका छन्  । गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दवाडीले निर्णय गर्न नसक्दा जेठमै मन्त्रालयमा फिर्ता बोलाइएका सहसचिव समेत जिम्मेवारीविहीन छन् ।

बिज्ञापन

महिनौँदेखि दर्जनौँ सहसचिवहरूलाई जिम्मेवारी नदिई बरन्डामा राखिएको छ । चार महिनादेखि थपिँदै गएका सहसचिवहरूलाई जिम्मेवारी नदिई राखिएको विषयमा आलोचना भएपछि गृहले सहसचिवको सरुवा गर्ने तयारी गरेको हो ।

बिज्ञापन

गृहमा सहसचिवहरू नारायण प्रसाद अर्याल, श्यामकृष्ण थापा, गोविन्द प्रसाद रिजाल, सूर्यप्रसाद सेढाई, राजेन्द्रदेव पाण्डे, लाल बाबु कवारी, वासुदेव घिमिरे, रमेश ढकाल, धिरेन्द्र बस्नेत, प्रकाश पौडेल, रामबन्धु सुवेदी बरण्डामा नै छन् । त्यस्तै शुक्रबार गृह मन्त्रालयमा उपराष्ट्रपति कार्यालयबाट तोयनारायण सुवेदी, कर्णाली प्रदेशबाट दीर्घबहादुर पोखरेल र लुम्बिनी प्रदेशबाट विनोदकुमार खड्का भित्रिएका छन्। उनीहरुलाई शुक्रबार सम्ममा जिम्मेवारी दिइसक्ने मन्त्रालयको स्रोतले बताएको छ ।

त्यस्तै अवधि पुगेका प्रमुख जिल्ला अधिकारीहरु  मन्त्रालयमा तानिँदै छन् । जसमध्ये रूपन्देहीका गणेश अर्याल, गुल्मीका कृष्णप्रसाद शर्मा, डोटीका गोपालप्रसाद अर्याल, महोत्तरीका शिवराम गेलाल एक वर्ष पुरा भएका छन् । त्यस्तै कैलालीका धर्मेन्द्र कुमार मिश्र, बैतडीका भीमकान्त शर्मा, अछामका शिवप्रसाद लम्साल, सुर्खेतका शंकरहरि आचार्य, गुल्मीका कृष्णप्रसाद शर्मा, स्याङ्जाका सुनिता नेपाल, लमजुङका बुद्धबहादुर गुरुङ, ललितपुरका तुलसीबहादुर श्रेष्ठ, पर्साका दिनेश कुमार भुसाल, रौतहटका हिरालाल रेग्मी, सिराहाका वासुदेव दाहाल, मोरङका प्रेमप्रसाद भट्टराई, झापाका विश्वबन्धु बास्तोला १० महिना पुगेका छन् । उनीहरु मन्त्रालयमा तानिँदै छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष