लोक सेवाले शाखा अधिकृतको दरखास्त आह्वान गर्दै

लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले अब तत्कालै शाखा अधिकृत (प्राविधिक) पदका लागि दरखास्त खुल्ने जानकारी दिए ।

बिज्ञापन

आयोगले असोजको अन्तिम साता एकै पटक ६६० जनाको दरखास्त खुला गरेको छ । आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) १५० पद र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) ५१० पद गरी ६६० जनाको दरखास्त खुला गरेको हो । आयोगले हरेक वर्ष असोजको अन्तिम साता सहसचिव र उपसचिवको विज्ञापन खुला गर्दै आएको छ ।

बिज्ञापन

आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ । निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदमा आवदेन खुला गरेको हो । २०८१ मङ्सिर ४ गतेसम्म दरखास्त दिन सूचनामार्फत सूचित गरिएको छ ।

कर्मचारी समायोजन ऐन २०७५ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी समायोजन हुनुपूर्व वाहल रहेको सेवा÷समूह÷ उपसमूहको एक श्रेणी वा माथिको पदमा बढुवाका लागि सम्भाव्य उमेदवार हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष