महिनौँदेखि दर्जन सहसचिव गृहको बरन्डामा

मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै दर्जन बढी सहसचिवहरु जिम्मेवारी विहिन भएर रहेका छन् । महिनौ दिनदेखि सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ । गृहमा मात्र १२ जना सहसचिव बरण्डामा थन्क्याइएको छ । त्यहाँ सहसचिवहरू नारायण प्रसाद अर्याल, श्यामकृष्ण थापा, गोविन्द प्रसाद रिजाल, सूर्यप्रसाद सेढाई, राजेन्द्रदेव पाण्डे, लाल बाबु कवारी, वासुदेव घिमिरे, रमेश ढकाल, धिरेन्द्र बस्नेत, प्रकाश पौडेल, रामबन्धु सुवेदी र जितेन्द्र बस्नेत बरण्डामा नै छन् ।

बिज्ञापन

बरण्डामा रहेका कर्मचारीले मन्त्रालयमा हाजिर त गर्छन्, तर उनीहरुको लागि कुनै भूमिका, जिम्मेवारी र कार्यकक्षसमेत हुँदैन । कामबिना नै तलब खुवाइने र कार्यालयमा बस्नसमेत छुट्टै ठाउँ नदिने हुनाले बरण्डा भन्ने गरिएको हो ।नेपालको प्रशासनिक व्यवस्थामा सहसचिवहरूलाई जिम्मेवारी नदिई कामविहीन अवस्थामा राख्नु गम्भीर समस्या बनेको छ। यसले राज्यको संसाधनमा अनावश्यक खर्च थपिएको मात्र होइन, कर्मचारीहरूको मनोबल पनि कमजोर बनाउँदै लगेको छ ।

बिज्ञापन

अन्यत्र निकायबाट सरूवा भई आएका कर्मचारीलाई संघीयता अघिको कर्मचारी कानून अर्थात निजामती सेवा ऐनको दफा १८ घ मा अतिरिक्त समूह रहने उल्लेख छ । तर पछिल्लो समय यो ‘बरण्डा’का नामले चर्चित हुँदै आएको छ । फाजिलमा रहेका निजामती कर्मचारीहरुलाई तत्कालका लागि अतिरिक्त समूहमा सार्न सकिने र यसरी राख्दा १८ ख को विपरीत अर्थात दुई महिना भन्दा बढी अवधि राख्न नमिल्ने भनिएको छ । दुई महिनाभित्र रिक्त दरबन्दी रहेको ठाउँमा सरूवा गरी रमाना पत्र दिनु पर्दछ । तर, गृहका केही कर्मचारी लामो समयदेखि बरण्डामा थन्क्याइएको छ । गृहले अन्यन्त्रबाट सरुवा भएर आएका कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन ।

सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवकै दरबन्दी रहेका कतिपय जिल्लामा उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ । रवि लामिछाने गृहमन्त्री हुँदा प्रमुख जिल्ला अधिकारी खटन पटन सम्बन्धी मापदण्ड संशोधन गरिएको थियो । त्यसमा मापदण्ड विपरित सहसचिव दरबन्दी रहेका कतिपय जिल्लामा उपसचिवलाई खटाइएको छ । मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारी रहँदै आएका दैलेख, प्युठान र अर्घाखाँची, डडेलधुरामा पनि उपसचिवलाई खटाएको छ । मन्त्रालयले उपसचिव नवराज जैसीलाई दैलेखको सीडीओ बनाएर पठाएको छ । त्यस्तै २६ भदौमा उपसचिवद्वय रमा आचार्य सुवेदीलाई प्युठान र बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको थियो ।

बिज्ञापन

गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीको समूहले कार्यविधि विपरित मनलाग्दी ढंगले कर्मचारी खटन पटन गरिरहेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष