मन्त्रालय र विभागमा मन्त्री यादवको छड्के, बिना सूचना १३ कर्मचारी अनुपस्थित

खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् ।

बिज्ञापन

नेपाल सरकारले प्रदान गरेको दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन हुँदा समेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नभएको गुनासोपछि मन्त्री यादवले बुधवार मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।

बिज्ञापन

उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिना सूचना गैरहाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए।

उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउनसमेत कर्मचारीहरूलाई आग्रह गरे।

बिज्ञापन

यसैगरी मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारीसमेत लिएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष