बिपद् उद्दार र राहत बितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ । असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।
बिज्ञापन
बिपद् ब्यबस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य बिपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हाल सम्म त्यहिं कार्यरत थिए । पछिल्लो समय असोज ११ गते देखिको अबिरल बर्षाका कारण काभ्रेको विभिन्न ठाउंमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । सो बेश बाट काभ्रेको रोशी , भुमिडांडा , बेथानचोक , नार्केबजार , मंगलटार , कालढुंगा , बाल्टिङ लगायतका स्थानमा परिचालित थियो ।
बिज्ञापन
सशस्त्र प्रहरी निरीक्षक बडुवाललाई ज्वरो लगायतका समस्या देखिएपछी असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो । बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए ।
उनको आजै सांझ पशुपती आर्यघाटमा फौजी सम्मानका साथ अन्तेस्टी गरिने छ । उनी संगठनामा मिजासिला, हंसिलो स्वभाव भएका, जिम्मेवारी प्रती लगनशिल अधिकृत थिए ।