पोल्याण्डमाथि पोर्चुगलको शानदार जित

काठमाडौं । युइएफए नेशन्स लिगको समूह १ मा पोर्चुगलले पोल्याण्डलाई ३–१ ले पराजित गर्दै आफ्नो शतप्रतिशत जितको लयलाई कायम राखेको छ ।

बिज्ञापन

खेलको २६औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए, जुन निकै राम्रो टिम मुभबाट आयो । त्यसपछि ३७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले राफाएल लेओको पोस्टमा लागेको प्रहारको रिबाउन्डमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।पोल्याण्डका लागि पिओटर जिएलिन्स्कीले ७८औं मिनेटमा गोल गर्दै अन्तर २–१ बनाए पनि ८८औं मिनेटमा पोल्याण्डका जन बेद्नारेकले आत्मघाती गोल गरेपछि खेलको नतिजा पोर्चुगलको पक्षमा पुग्यो ।

बिज्ञापन

अब पोर्चुगलले आफ्नो अर्को खेल मंगलबार अन्तिम स्थानमा रहेको स्कटल्याण्डसँग खेल्नेछ भने पोल्याण्डले शीर्ष दुई स्थानको लागि मुख्य प्रतिद्वन्द्वी क्रोएसियालाई घरेलु मैदानमा स्वागत गर्नेछ।

यही समूहमा रहेको क्रोएसिया विजयी भएको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
स्कटल्याण्डले खेलको सुरुवातमै अग्रता लिएको थियो तर भारको विवादास्पद निर्णयका कारण अन्तिम समयमा बराबरी गोल अस्वीकृत भएपछि स्कटल्याण्डलाई अंकविहीन हुनुप¥यो ।स्कटल्याण्डले खेलको पहिलो गोल ३२ औं मिनेटमा ग¥यो । बिली गिलमोरले बल खोसेपछि बेन डोकले दायाँ किनारबाट क्रस गरे, जसले क्रोएसियाली डिफेन्सले क्लियर गर्न नसकेको बललाई रयान क्रिस्टिले उक्त गोल गर्दै अग्रता दिलाए ।

बिज्ञापन

तर, स्कटल्याण्डले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । चार मिनेट पछि, इभान पेरिसिचले बल कटब्याक गरे र इगोर मातानोभिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए ।क्रोएसियाले खेलमा अग्रता ७०औं मिनेटमा लियो । सासा सोजाको प्रहारलाई गोलरक्षक क्रेग गोर्डनले रोक्ने प्रयास गरे पनि, बल हावामा रहेका बेला आन्द्रेज क्रामारिचले हेडर गर्दै गोल गरे । यस गोलले क्रोएसियालाई २–१ को अग्रता दिलायो ।

खेलको अतिरिक्त समयमा, स्कटल्याण्डका चे एडम्सले क्रोएसियाका खेलाडीको टचबाट बललाई जालीमा पु¥याए । तर भारको जाँच पछि, एडम्स अफसाइड भएको पुष्टि भएपछि गोल रद्द गरियो । यस निर्णयले स्कटल्याण्डलाई निराश बनायो र उनीहरू अंकविहीन रहन बाध्य भए । जितसँगै समूह ए को १ मा ९ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ। क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा बिना अंक स्कटल्यान्ड पुछारमा छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष