पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा आफूलाई गरिएको स्वागत सबै नेपालीहरुलाई गरिएको सम्मान भएको बताएका छन् । निर्मल निवासमा शनिबार सर्वसाधारणलाई विजया दशमीको टीका लगाउने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
बिज्ञापन
उनले केही दिनअघि मात्रै आफू भुटान गएको र भुटान भ्रमण निजी भ्रमण रहेको बताए । भुटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको उनले बताए । पूर्वराजा शाहले भुटानको राजपरिवार र भुटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरेको सम्मानका रुपमा लिएको बताए ।
बिज्ञापन
उनले नेपाललाई गरेको स्वागतका लागि भुटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरेका छन् ।