दशैंका बेला विदेश उड्नुपर्ने बाध्यता

गाउँ-शहर जताततै दशैंको रौनक छ । छरिएर बसेका आफन्तहरु दशैंको टीका र आशिर्वाद लिन कष्ठकर यात्रा गरेर पुग्ने क्रम जारी छ ।

बिज्ञापन

कतिपय त जन्मघर पुगिसके । अर्कोतिर दशैंको मुखमा आफन्तसँग टाढिएर विदेश उड्नेहरुको पनि कमी छैन । कतिपय उडिरहेका छन् भने कति तयारीमा छन् । फूलपातीको दिन मात्रै झन्डै ७ हजार नेपाली विदेशिएका छन् । अधिकांश रोजगारीका लागि हिँडेका हुन् ।

बिज्ञापन

‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर प्यारो भयो’, सर्लाहीका अजय मेहताले भने ।

दशैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो ।

बिज्ञापन

शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टकर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष