अन्तर्वार्ता बहिष्कार गर्ने चापागाईको संकेत,के गर्दछन् अरु दुई उमेद्धार ?

लगानीकर्ताहरुको चासो र जिज्ञासा छ,धितोपत्र वोर्डको अध्यक्ष छनौंट प्रक्रिया कसरी अगाडि बढ्ला ? यस अघि सचिव मधु मरासिनीले कलम चोप्न नमान्दा लम्बिएको प्रक्रियालाई अर्थ मन्त्री विष्णु पौडेल चीन गएको मौका छोपेर सचिव डा रामप्रसाद घिमिरेले अगाडि बढाएका छन् । झण्डै ९ महिनादेखि धितोपत्र वोर्ड अध्यक्ष विहिन छ । सो कुर्सीमा पुग्नका लागि १९ उमेद्धारले रुची देखाएका थिए तर सर्ट लिष्टमा परे पाँच जना ।

बिज्ञापन

पाँचमध्ये पनि तीन उमेद्धारले अन्तर्वार्ता प्रक्रिया बहिष्कार गरेसँगै लम्बे्तान बन्न पुगेको यो प्रक्रियामा अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले त्यस समयमा महान्यायधिवक्ता कार्यालयको राय लिएको थियो ।

बिज्ञापन

महान्यायधिवक्ताको कार्यालयले तीन जना उमेद्धारको नाम सिफारिस गर्न भनेसँगै यो प्रक्रिया झनै लम्बिन पुगेको थियो । तत्कालीन अर्थ सचिव मधुकुमार मरासिनीले कलम चोप्न नमान्दा धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै झनै लम्बिन पुगेको थियो । महान्यायधीवक्ताको कार्यालयले कम्तिमा तीन जनाको नाम सिफारिस गर्ने राय दिएको भए पनि यो प्रकरणमा अर्थ सचिवले कमल चोप्न नमानेपछि सबै प्रक्रिया रद्ध गरिएका समितिले जनाएको छ । वोर्डको अध्यक्ष छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ अध्यक्ष र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र विज्ञ उदय निरौला सदस्य थिए । तर समितिका सदस्यमध्येका एक मरासिनीले तीन वा पाँच जनाको नाम सिफारिस गरेर पठाउन नमान्दा यो प्रक्रिया रद्ध गर्नु परेको थियो ।

अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत लगातार भएको २ पटकको प्रस्तुतीकरणमा ३ जना अनुपस्थित भएका थिए । अध्यक्षका लागि कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित रहदा नियुक्ति प्रक्रिया लम्बेतान बन्न पुगेको छ । यस अघि नै मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठको प्रस्तुतीकरण समितिले हेरिसकेको अवस्था छ । यता प्रधानमन्त्री र अर्थमन्त्री विदेश भएको मौका छोपेर अर्थ सचिवले धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइदिएका छन् । अर्थमन्त्री विष्णु पौडेल उत्तरी छिमेकी मुलुकतिर उडेको मौका छोपी अर्थसचिवले धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएका हुन ।

बिज्ञापन

अध्यक्ष रमेश हमालको ०८० पुस २० गते कार्यकाल सकिएपछि ९ महिनादेखि उक्त कुर्सी रिक्त छ । यसअघि प्रचण्ड सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव मधुकुमार मरासिनी र उदय निरौला सम्मिलित समिति गठन गरेको थियो । उक्त समितिले १९ उम्मेदवारमध्येबाट पाँच जनालाई सर्ट लिष्टमा राख्यो । जसमा चिरञ्जीवी चापागाँई, मुक्ति श्रेष्ठ, कृष्णबहादुर कार्की, डा। नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ थिए । जसमध्ये सन्तोष नारायण श्रेष्ठ दीपक भट्टका खास हुन् । सर्ट लिष्टमा छानिएकामध्ये माओवादीनिकट मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले अन्तर्वार्ता दिँदा डा. अधिकारी, कार्की र चापागाईंले बहिष्कार गरेका थिए । अर्थमन्त्री चीनतिर उडेको पर्सिपल्ट धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ ।

अहिले छनोट समितिको संयोजक छन्, शिवराज अधिकारी, योजना आयोगका उपाध्यक्ष । सदस्य सदस्यमा डा. रामप्रसाद घिमिरे र विज्ञ सदस्यको रुपमा उदय निरौला । यही समितिले अर्थमन्त्री विदेश उडेको मौका छोपेर बोर्ड अध्यक्ष छनौंट प्रक्रिया अगाडि बढाएका हुन । गत ९ असारमा समितिले प्रकाशन गरेको विज्ञापन अनुसार,तीन जना उम्मेदवारलाई पर्सी १८ गते अन्तर्वार्ताका लागि डाकेको छ ।

सर्ट लिष्टमा परेका र यस अघि अन्तर्वार्ता बहिष्कार गरेकामध्ये नवराज अधिकारी र कृष्ण कार्की कर्मचारी भएकै कारण उनीहरूलाई  जानुपर्ने बाध्यता छ । कृष्णबहादुर महराको समयमा वीमा समितिको अध्यक्ष बनेका र जनार्दनको पेलाइमा परेर बाहिरिएका चिरञ्जीवी चापागाईंले अन्तर्वार्ता प्रक्रियामा भाग लिने छैनन्, उनले समितिका सदस्यहरूको कल समेत रिसिभ गरिरहेका छैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष