चार महिनामै दुई सिडियोलाई गृहले बोलायो फिर्ता

गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

गृहले खटाएको चार महिना नपुग्दै काभ्रे र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई फिर्ता बोलाएर त्यहाँ उमेश ढकाल र सुमन घिमिरेलाई खटाएको हो ।
गृहले काभ्रेपलाञ्चोकबाट सूर्यप्रसाद सेढाईलाई फिर्ता बोलाएर सहसचिव उमेश ढकाल र धादिङ जिल्लाबाट राजेन्द्रदेव पाण्डेलाई फिर्ता बोलाएर त्यहाँ सुमन घिमिरेलाई खटाएको छ ।

बिज्ञापन

वाढी पहिरो तथा प्राकृतिक विपद्मा उनीहरुको कार्यसम्पादन प्रभावकारी नदेखिएको भन्दै गृहले चार महिना नपुग्दै सेढाई र पाण्डेलाई गृहमा तानेको हो ।

धादिङका जिल्ला प्रशासनले एक चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको बिषयमा समेत सिडियो पाण्डेको भूमिका शंकास्पद् देखिएको छ । ती नागरिकले चार लाख रुपैंया खर्चेर नेपाली नागरिकता लिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष