लेखाका २६ उपसचिवहरुको सरुवा (सूचीसहित)

महालेखा नियन्त्रककको कार्यालय लेखा समूहका २६ उपसचिवहरुको सरुवा गरेको छ । जसअनुसार ६ उपसचिवलाई प्रमुख कोष लेखा नियन्त्रकको जिम्मेवारी दिएर खटाइएको छ । अख्तियारबाट शिवराम भट्टराईलाई प्रमुख कोष लेखा नियन्त्रककका रुपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय ववरमहलमा,सार्वजनिक वित्त तासलम व्यवस्थापन कार्यालयबाट प्रमुख कोष नियन्त्रकको जिम्मेवारीसहित ललितपुरमा पठाइएको छ ।

बिज्ञापन

उदयपुरबाट महेशकुमार दाहाललाई भक्तपुरमा खटाइएको छ र भनिएको छ,हाल भक्तपुरमा कार्यरत प्रमुख कोष नियन्त्रक अवकाशपछि हाजिर हुने गरी,यस्तै सुनिता सुवेदीलाई सुन्धारा कार्यालयको प्रमुख कोष नियन्त्रकको जिम्मेवारी दिएर पठाइएको छ । सामान्य प्रशासनमा कार्यरत उपसचिव रोमाकान्त काफ्लेलाई कोष तथा लेखा नियन्त्रकको कार्यालय सिंहदरबारमा खटाइएको छ भने महालेखा नियन्त्रक कार्यालयमा कार्यरत मुन कुमार केसी लैनचौर पठाइएको छ ।

बिज्ञापन

यस्तै,यज्ञ प्रसाद ढकाल उपमहालेखा नियन्त्रकको जिम्मेवारीसहित महालेखा नियन्त्रकको कार्यालयमा भित्रिएका छन् । महालेखाले पर्साको हाकिम यज्ञराज उप्रेतीलाई बाग्मती सिचाई आयोजना र उदयपुरबाट महेशकुमार दाहाललाई भक्तपुरमा प्रमुख कोष नियन्त्रकका रुपमा खटाउँदा त्यहाँ कार्यरत उपसचिवले अवकाश पाएपछि मात्र हाजिर हुने गरी ती कार्यालयमा सरुवा गरेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष