कर्मचारी सरुवा तत्काललाई रोक्का

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सरकारका सबै सचिवहरु सम्मिलित बैठकले तत्काल कर्मचारी सरुवा रोक्का गर्ने निर्णय गरेको छ । सबै मन्त्रालय, निकाय , कार्यालयहरुले कर्मचारीको दरबन्दी र हाल कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी सात दिन भित्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने र कर्मचारीको अद्यावधिक विवरण तयार नभएसम्म सेवा समूह सञ्चालन गर्ने मन्त्रालयलहरुले नयाँ सरुवा नगर्ने निर्णय सचिव बैठकले गरेको हो ।

बिज्ञापन

सम्बन्धित मन्त्रालय वा निकायहरूबाट हालको सरकार गठन भएदेखि १ सय दिनभित्र सम्पन्न गर्ने गरी प्रतिबद्धता जनाइएका कार्यक्रमहरूको कार्यान्वयनलाई समेत तीव्रता दिने निर्णय भएको छ ।​ अन्तरमन्त्रालय समन्वयमा प्रभावकारिता ल्याई समयमै कार्यसम्पादन गर्न एक मन्त्रालयरनिकायले अर्को मन्त्रालय / निकायमा माग गरेको राय परामर्श, सहमति र अन्य विवरण अनिवार्य रूपमा १५ दिनभित्र उपलब्ध गराउने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

‘कारणवश उक्त विवरण उपलब्ध गराउन नसकेको र प्रक्रियामा रहेका अवस्थामा सोही ब्यहोराको जानकारी दिने तथा १५ दिनभित्र राय/परामर्श र सहमति उपलब्ध नभए प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवलाई जानकारी तथा समन्वयको लागि लेखी पठाउने,’ बैठकको निर्णयमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष