इन्ड्राइभले झन्डै लिएन पत्रकारको ज्यान,  कम्पनी रमिते

इन्ड्राइभको लापरबाहीको कारण दुर्घटना हुँदा एक सञ्चारकर्मी घाइते भएका छन् । काभ्रे घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका लुभु बस्ने सञ्चारकर्मी क्षितिज सरगम (रिकेश) घाइते भएका हुन् ।

बिज्ञापन

२०८१ असोज ३ गते शुक्रबार बिहान कार्यालय जाने बेलामा ढिला भएको कारण लुभु बसपार्कबाट उनले ग्वार्को चोकसम्म जानको लागि इन्ड्राइभ बुक गरे ।

बिज्ञापन

दुधलाल वाइबा नाम गरेको बा ७५ प ७०० नम्बरको बाइकवालाले उक्त रिक्वेस्ट एसेप्ट गर्यो । बसपार्क छेउमै यात्रु कुरिरहेका दुधलालले रिकेशलाई लिएर ग्वार्को तिर लागे । तर ६ मिटर पनि कट्न नपाइ बाइकको एक्सिलेटर बटारेर गाडी भएतिर ठोक्काउन पुगे । ब्रेक लगाउनु पर्ने बेलामा झनै एक्सिलेटर बटारेर उनले बाइक उछिट्याएर मुख्य सडकमा पुर्याए । सञ्चारकर्मी रिकेश बाइकबाट उछिटिएर सडकमा बजारिन पुगे । तर चालक दुधलालले न त गल्ती स्वीकार गरे न त उपचारमा सहयोग गरे । दुर्घटनाबाट रिकेशको दायाँ हातको छाला तछारिएर सुन्निएको छ भने तिघ्रामा चोट लागेको छ । पछारिदा मोबाइल फुटेको छ ।

तर दुधलाल केही समयपछि त्यहाँबाट हिँडे ।नेपालमा आफ्नो कार्यालय नभएको बताउँदै इन्ड्राइभले एक्सन लिन्छौँ त भन्यो तर सहयोग गरेन । इन्ड्राइभमा यात्रुहरू आवतजावत गर्न सजिलो मान्छ्न् । तर, कस्ता चालकलाई सेवा दिन लगाउँने भन्ने इन्ड्राइभमा कुनै नियम छैन । लाइसेन्स भएकोको चालक छ कि छैन त्यो पनि अनुगमन गर्दैन । कमाउँनको लागि यात्रुको ज्यानलाई जोखिममा पुर्याउने इन्ड्राइभ चालकप्रति सम्बन्धि निकायको ध्यान जान आवश्यक छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष