निजामती सेवा ऐन संशोधन विधेयक प्रदेशसभाबाट पारित

लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

बिज्ञापन

बैठकका मन्त्री ढकालले पेस गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामुख तुलाराम घर्तीमगरले निर्णायार्थ पेस गरेका थिए ।

बिज्ञापन

प्रदेश सभाको गत शुक्रबार बसेको बैठकमा पेस भएको विधेयकमा ५ वटा संशोधन परेका थिए । संशोधनलाई शुक्रबारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानुन समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।

दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेश सभाको सोमबार बसेको बैठकमा पेस गरिएको थियो।

बिज्ञापन

२०८० असारको २२ गते प्रदेश सभामा पेस भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष