प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीको नयां गीत सार्वजनिक

प्रशासनविद तथा गीतकार डा। दामोदर रेग्मीको यो मनको चाहना अल्झियो तिमीमा बोलको नयां गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुरेश लामा र दीपा लामाको स्वर रहेको छ ।

बिज्ञापन

पोखराको सुन्दरताले भरिपूर्ण स्थानहरुमा भिडियो छायांकन भएकोले सवै दृष्यहरु राम्रा हरेका छन् । उक्त गीतमा संगीत डि वि लामाको रहेको छ भने अभिनय प्रताप पल ठकुरी र अप्सना बलामीको रहेको छ । उत्तम श्रेष्ठ सिसिरको निर्देशन रहेको म्यूजिक भिडियो आज नेपमेलो युट्युव मार्फत सार्वजनिक भएको छ ।

बिज्ञापन

गीतको वारेमा प्रतिक्रिया दिदै म्यूजिक भिडियो निर्देशक उत्तम श्रेष्ठ सिसिरले प्रशासनविद तथा वरिष्ठ गीतकार डा दामोदर रेग्मीको शव्द, डि वि लामाको संगीतमा राम्रा गायक गायिकाको स्वर रहेको गीतको म्यूजिक भिडियोको निर्देशन गर्न पाउनु अपूर्व अवसर भएको र मैले निर्देशन गरेका अनेकन म्यूजिक भिडियोहरु मध्ये यो गीतको म्यूजिक भिडियो अव्वल दर्जाको रहेको छ र यसमा अभिनय र प्राविधिक समूहको योगदान राम्रो रहेकोले यस्तो गीत आउन सफल भएको हो भनी बताए ।

संगीतकार डि वि लामाले गीतकार डा दामोदर रेग्मी नेपालको गीत रचनाको क्षेत्रमा संभावना बोकेको गीतकार हुनुहुन्छ उहांका सवै गीतहरु शव्द संयोजन र भावका दृष्टिले साह्रै मर्मस्पर्शी रहेका छन् उहांका केही गीतहरुमा मैले यस अघि संगीत दिने मौका पाएको थिएं । यो गीतमा उहांको शव्दलाई न्याय गर्ने गरि संगीत दिएको र गायक गायिकाले मेहनत साथ स्वर दिएकोले अति राम्रो गीत र भिडियो तयार भएको बताए । गायक सुरेश लामा र गायिका दीपा लामाले यो गीत गाउनु पूर्वनै गीतको हरेक शव्दवाट हामी मोहित सकेका थियौ संगीतकारको संगीतले हाम्रो स्वरलाई सुमधुर बनायो भनी प्रतिक्रिया दिए । प्रताप पल ठकुरीले धेरै राम्रो भिडियो बनेको कुरा वताए भने अप्सना बलामीले अति नै सुन्दर र मनमोहक गीतमा अभिनय गर्न पाउदा खुशी लागेको बताइन ।

बिज्ञापन

प्रशासनविद तथा गीतकार डा दामोदर रेग्मीको स्वरमा आनन्द कार्की, मुरलीधर, आनि छोइंग डोल्मा, प्रताप दास, अनु चौधरी, समीक्षा अधिकारीद्ये स्वर दिइसकेका छन् भने सवै गीतहरु लोकप्रिय रहेका छन् । गीतकार डा दामोदर रेग्मीले अहिले आफ्ना दुई गीतहरुको म्यूजिक भिडियो सार्वजनिक गर्ने योजना अनुरुप यो अति नै सुन्दर युगल जोडीहरुको प्रेममा आधारित गीत को भिडियो आएको र यसमा सलग्न सवै प्रति आभार रहेको वताए । अव छिट्टै उनको शव्द र आनि छोइंग डोल्माको स्वर रहेको जिन्दगीको पाठशालाले धेरै पढायो बोल रहेको गीतमा मिथिला शर्माको अभिनयमा अर्को म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेकोले सो मा समेत व्यस्त रहेको कुरा वताए । अन्य गीतहरुको वारेमा पनि केही गायक गायिका र संगीतकारहरु संग छलफल चलिरहेको वताए । अहिले सार्वजनिक भएको यो मनको चाहना अल्झियो तिमीमा बोलको गीतको लिंक https://www.youtube.com/watch?v=vi8uTO8hb0o रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष