दुई सचिवको सरुवा :- मन्त्रालयमा जुनियर,सिनियरलाई कार्यालय !

निजामती प्रशासन भित्र खरा स्वभावका सचिव भनेर परिचित मधुसूदन बुर्लाकोटी फेरि दुई महिनामै भकुण्डो बनेका छन् । हिजो साँझ अवेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई तथ्याङ्क विभागमा सारेर त्यहाँ हालैमात्र सचिवमा उक्लिएका गोविन्दबहादुर कार्कीलाई ल्याएको हो ।अघिल्लो साता मात्र सचिवमा बढुवा भएर बागमती प्रदेशमा पदस्थापन भएका कार्की हप्ता दिनमै संघीय मन्त्रालयमा सरुवा हुन सफल भएका छन् ।

बिज्ञापन

गत बिहीबारको मन्त्रिपरिषद बैठकले तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडी गृह सचिवमा नियुक्त गरेसँगै तथ्यांक कार्यालय रिक्त रहेको थियो । तथ्यांक कार्यालयको रिक्त सचिव पदमा वाणिज्य सचिव रहेका बुर्लाकोटीलाई खटाइएको हो ।

बिज्ञापन

गत चैत्र १९ गतेमात्र बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको थियो । उक्त कार्यालयमा पुगेको दुई महिना नपुग्दै बुर्लाकोटी त्यहाँबाट सरुवामा परेर वित्त आयोगमा पुगे । सचिव भए पछि पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाएका उनलाई स्वास्थ्य मन्त्रालयमा दुई महिनाभन्दा बढी टिक्न दिइएन ।  उक्त लटमा हरि प्रसाद मैनालीलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको थियो भने वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा खटाइएको थियो ।  वित्त आयोगमा पुगेको दुई महिना नपुग्दै सचिव बुर्लाकोटीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको थियो ।त्यहाँबाट दुई महिना नपुग्दै भकुण्डो बनाएर तथ्यांक कार्यालयमा पठाइएको हो ।

०७८ असार २१ सचिवमा बढुवा भएसँगै पहिलो पोष्टिङ सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो । त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा राखेर सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको थियो ।बुर्लाकोटी अलि लामो समय टिकेको त्यही कार्यालयमा मात्र हो ।

बिज्ञापन

खरो,छुच्चो स्वभावका र पैसाका लागि जे पनि गर्ने कर्मचारी तथा सचिवका भीडमा नियम र कानुनभन्दा बाहिर टेकेर केही काम नगर्ने प्रशासकका रुपमा चिनिएका बुर्लाकोटीलाई सरकारले पछिल्लो समय दुई महिनाभन्दा बढी कुनै मन्त्रालय वा कार्यालयमा टिक्न दिएको देखिदैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष