यस्तो छ प्रशासन सेवा लेखा समूहका कर्मचारीको पदस्थापन,सरुवा तथा काज मापदण्ड

महालेखा नियन्त्रकको कार्यालयले प्रशासन सेवा,लेखा समूहका कर्मचारीहरुको सरुवा तथा पदस्थापनसम्बन्धि मापदण्ड तयार गरेको छ । मन्त्रालयले तयार पारेको मापदण्डमा शुरु नियुक्ति भएका भएका राजपत्राङ्गित तृतीय श्रेणीका अधिकृतहरुलाई ऐनको दफा १५ तथा नियमावलीको नियम ३४  बमोजिम सुरु पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिस र योग्यताक्रमका आधारमा ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान तथा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नतिजाको योग्यताक्रमलाई २० प्रतिशत भारको आधारमा औसत कायम गरी सोही योग्यताक्रमको आधारमा रिक्त कार्यालयहरु छनौट गर्न निवेदन माग गरी पदस्थापन गरिने उल्लेख छ ।

बिज्ञापन

यस्तै, नयाँ नियुक्ति भएका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरुलाई सुरु पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिस योग्यताक्रमको आधारमा रिक्त कार्यालयहरु छनौट गर्न निवेदन माग गरी पदस्थापन गरिनेछ ।

बिज्ञापन

उपदफा (१) र (२) बमोजिम पदस्थापन गर्दा भौगोलिक क्षेत्र क, ख र ग मा अव अनुसूची ३ र अनुसूची २ बमोजिमका रिक्त कार्यालयमा पदस्थापन गरिने उल्लेख छ । नयाँ नियुक्ति भएका राजपत्राङ्गित द्वितीय श्रेणीका उपसचिवहरुलाई सुरु पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिस योग्यताक्रमको आधारमा रिक्त कार्यालयहरु छनौट गर्न निवेदन माग गरी पदस्थापन गरिने मापदण्डमा उल्लेख छ ।

तर विशेष परिस्थितिको अवस्था तथा कर्मचारीको कार्यानुभव र पेशागत दक्षता समेतलाई विश्लेषण गरी महालेखा नियन्त्रक कार्यालयले आवश्यकता अनुसार रिक्त कार्यालयमा पदस्थापन गर्न सक्नेछ।

बिज्ञापन

यस्तै राप अनंकित प्रथम र द्वितिय श्रेणीका कर्मचारीहरुलाई सुरु पदस्थापन गर्दा लोक सेवा आयोगको सिफारिस अगावै सिफारिस गरेको कार्यालयमा कर्मचारी काज या सरुवा भैसकेको अवस्था भएमा उक्त कर्मचारीलाई रिक्त कार्यालयमा खटाई लोक सेवा आयोगबाट सिफारिस भएको कर्मचारीलाई सिफारिस भएकै कार्यालयमा पदस्थापन गरिने मापदण्डमा उल्लेख छ ।

पदस्थापन, सरूवा तथा काज व्यवस्थापन सम्बन्धी मापदण्ड, २०८१

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष