तीन डीआईजीको सरुवा,आचार्यलाई पुन मधेश प्रदेशमै

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ । मन्त्री स्तरीय निर्णयबाट बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा गरेको हो ।

बिज्ञापन

अधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेल आर्थिक अनियमितताको आरोप लागेपछि प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ।उनको खातामा शंकास्पद कारोबार देखिएको स्रोतको दाबी छ।

बिज्ञापन

पोखरेललाई सरुवा गरेर लालमणि आचार्यलाई मधेश प्रदेश प्रमुखको जिम्मा दिइएको छ। आचार्य यस अघि गृहमन्त्री रवि लामिछाने हुँदा पेलानमा परेको डीआईजी हुन । लामिछानेले ५ महिनामै मधेश प्रदेशबाट कर्णाली पठाएका थिए । गृहमन्त्री रमेश लेखकले फेरि मधेशै ल्याएका छन् ।

यस्तै डीआईजी राजेशनाथ बास्तोला भरतपुर तालिम शिक्षालय सरुवा गरिएको छ। उनी प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष