प्रधानमन्त्री ओली भन्छन् :-‘कर्मचारीको तलब २५ पैसा पनि बढाउन सक्ने स्थिति छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब २५ पैसा पनि बढाउन सक्ने स्थिति नरहेको बताएका छन् । उनले कर्मचारीको समस्या बारे आफू जानकार रहेको बताउँदै, तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको जनाएका हुन ।

बिज्ञापन

विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने उनले बताए। भने,‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, ‘ अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन उनले भने ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताए । उनले नियोजित र प्रायोजित रुपमा सरकारको बिरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताए ।

यसैबीच ओलीले कर्मचारीले आफूलाई मालिकजस्तो ठान्न नहुने बताए । ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरे । ओलीले भने ‘तपाइँहरु कतै प्रयोग नहुनुस्। भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस्। तपाइँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन्। भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस्। भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुक्क हाँसिदिनुुस्,’ प्रधानमन्त्री ओलीले भने।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष