ग्रीन हाउसबाट महिना दिनमै मधुकुमार योजना आयोगमा सिफ्ट

उपराष्ट्रपति कार्यालयमा सरुवा भएर गएको महिना दिन पछि नै सचिव मधुकुमार मरासिनी सरुवा भएर राष्ट्रिय योजना आयोगमा आइपुगेका छन् । यस अघि मरासिनीलाई अर्थ मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा खटाइएको थियो गत महिना । २२ सचिवहरु सरुवा हुँदा मरासिनीलाई अर्थबाट उपराष्ट्रपति कार्यालयमा खटाइएकोमा त्यहाँबाट महिना दिनमै उनलाई सरुवा गरिएको हो ।
उसो त यस अघि सचिव मुकुन्द निरौला त त्यहाँ तीन दिन पनि टिकेनन्,उनी पछिको सचिव राधिका अर्याललाई पनि लामो समय त्यहाँ राखिएन । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हो ।

बिज्ञापन

त्यस्तै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

बिज्ञापन

बैठकले सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ । कार्की यसअघि बागमती प्रदेशकै कायममुकायम प्रमुख सचिव थिए ।

योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै अनिवार्य अवकाशमा जानुअघि नै राजीनामा दिएका थिए । त्यसपछि रिक्त सचिव पदमा सरकारले मरासिनीलाई सरुवा गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष