सेवाग्राही बलात्कार गरेको आरोपमा समातिए श्रम कार्यालयका कर्मचारी

ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत एक जना कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका छन ।

बिज्ञापन

एक युवतीले दिएको बलात्कार आरोपको उजुरीको आधारमा प्रहरीले बिभागका कर्मचारी सुब्बा घलेलाई पक्राउ गरेको हो । घलेलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार आरोपी घलेले महिलालाई बलात्कार गरेको आरोप छ । घले वैदेशिक रोजगार विभागमा करारमा कार्यरत रहेको पाइएको छ ।

प्रहरीका अनुसार, यूएईमा वैदेशिक रोजगारीबाट फर्किएकी एक महिला फेरि श्रम स्वीकृति लिन भन्दै १० माघ २०८० मा श्रम कार्यालय गएकी थिइन् । त्यसक्रममा कार्यालयका कर्मचारी सुब्बासँग उनको चिनजान भएको थियो ।

बिज्ञापन

‘त्यतिबेला उनले तपाईं यहाँ आइराख्नु पर्दैन, म तपाईंको श्रम स्वीकृति ह्वाट्स एपमा पठाइदिउँला भनेकाले मैले नम्बर दिएको थिएँ’, पीडितले प्रहरीलाई दिएको जाहेरीमा भनिएको छ, ‘सोही दिन मलाई उनले हाई भनेर म्यासेज गरे, ९ फागुन २०८० सम्म पनि श्रम स्वीकृति नआएपछि मैले म्यासेज गरें । उनले मलाई फोन गरेर श्रम स्वीकृति आएको छ, भेटेर दिन्छु भनेका थिए ।’

प्रहरीसँग दिएको बयानमा भने सुब्बाले आरोप इन्कार गरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष