विकल पौडेलकी पत्नी एलिना बस्नेतलाई राजस्व अनुसन्धानले बोलायो

भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेलको पत्नी एलिना बस्नेतलाई समेत छानविनको दायरामा परेकी छिन्।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा एलिना बस्नेत छानविनको दायरामा परेकी हुन्। उनी हाल अमेरिकाको न्यूयोर्क अवस्थित सेक्युराज सहरमा बस्छिन्। राजस्व अनुसन्धान विभाागले बस्नेतलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ। विभागले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ तथा राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार सूचना प्रकाशित गरिएको स्पस्ट पारेको छ।स्रोतका अनुसार गैरकानुनी रुपमा आर्जन गरेको कमाईं विकलले पत्नीका नाममा अमेरिका पठाएका थिए। त्यही आधारमा बस्नेतलाई पनि अनुसन्धान गर्न खोजिएको हो। अख्तियारले पौडेलसहित उनकी श्रीमती एलिना बस्नेतको सम्पत्ति समेत जफत गर्न माग दाबी गरेको थियो।

बिज्ञापन

विकल पौडेल र एलिना बस्नेतको नाममा युनाइटेड ओभरसिज बैंक, सिंगापुर र बैंक अफ अमेरिका नेशनल एसोसिएसन, अमेरिकामा रकम जम्मा हुँदाको प्रचलित विनिमय दर अनुसार २८ करोड ९५ लाख ७५ हजार छ सय ८९ रुपैयाँ ७३ पैसा जम्मा रहेको पाइएको छ ।

एलिना बस्नेतको नाममा जम्मा रहेको रकमसमेत अमेरिकामा रहेको बैंक अफ अमेरिका नेशनल एसोसिएसनमा एलिना र विकलको संयुक्त खातामा सिंगापुरमा रहेको बैंकोटेक प्रा.लि.बाट सिधै रकम दाखिला भएको हुँदा उक्त रकममाथि उल्लेखित कानुनी व्यवस्था बमोजिम बिगो जफत तथा असुल उपर गर्न मागदावी गरेको छ ।

बिज्ञापन

विकल र एलिना पति–पत्नी रहेको र एलिनाको नामको अमेरिकाको घर खरिद गर्न विकलले एक करोड ५२ लाख ७० हजार सात सय ४० रुपैयाँ रकम गिफ्टको रूपमा एलिनालाई दिएको अख्तियारले जनाएको छ । उक्त घर सम्पत्ति विवरणमा सुरुदेखि नै नदेखाई लुकाई छिपाई राखेको एवं एलिना आयोगले गरेको तामेली म्यादमा अनुपस्थित रहेकी थिइन् ।

घर खरिद गर्दाको बाँकी रकम चार करोड ४२ लाख ६२ हजार तीन सय ६० साठी रुपैयाँको सम्बन्धमा कुनै स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ । घर खरिदको बाँकी रकम विकलले गैरकानूनी रूपमा आर्जित रकम नै प्रयोग भएको  जनाएको छ । तत्कालीन विनिमय दर अनुसार घर खरिदमा प्रयोग भएको छ करोड पाँच लाख ३३ हजार एक सय रुपैयाँसमेत कानूनी व्यवस्था बमोजिम बिगो जफत तथा असुल उपर गर्न मागदावी गरेको छ ।

विकलले गैरकानूनी रूपमा आर्जन गरेको गैरकानूनी सम्पत्तिबाट नै आमा शितल पौडेलको नाममा घर जग्गा र बाबु धर्म प्रसाद शर्मा पौडेलको नाममा विभिन्न कम्पनीको शेयर तथा सवारी साधनमा लगानी गरेको अख्तियारले जनाएको छ । उनीहरूको नाममा रहेको सात करोड ३१ लाख ८८ हजार नौ सयको सम्पत्ति जफत तथा असुलउपर गर्न मागदावी गरेको छ ।

यसै गरी विकलले बकस पत्र लिएको शितल र धर्मका नाममा रहेको सम्पत्ति भाइमा अंशबन्डा हुनु अघि नै खरिद गरेको पाइएको छ । तर, आमा शितलले अंशबन्डा पश्चात् एकल छोरा विकललाई मात्र शेषपछिको बकस पत्र गरी दिएकी थिइन् । २०७९ भदौ २९ मा बकस पत्र गरी दिएको पाइएको हो । उनीहरूका दुई सन्तान विकल र विवेक रहे पनि बकस पत्र विकलको नाममा मात्र गरी दिएको पाइएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष