ईसेवाले २ लाख रुपैयाँसम्म ऋण दिने, क-कसले पाउँछन्

भुक्तानी सेवा प्रदायक ईसेवाले अब ग्राहकलाई ऋण दिने भएको छ । बुधबार डिजिटल लन्च इभेन्टमार्फत कम्पनीले ‘ईजी लोन’ सेवा ल्याएको हो ।

बिज्ञापन

ग्राहकले ईसेवामार्फत गर्ने दैनिक कारोबार, रिवार्ड पोइन्ट, ग्राहक ईसेवामा आवद्ध भएको समय र क्याशब्याकको आधारमा कम्पनीले स्कोरकार्ड तयार पारेको छ । यही स्कोरकार्डको आधारमा ग्राहक ऋण पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गरिने कम्पनीले जनाएको छ । त्यसैका आधारमा ग्राहकले ऋण माग गर्न सक्नेछन् ।

बिज्ञापन

पहिलो चरणमा कम्पनीले ऋण लिन सकिने सेवा एजेन्टका लागि मात्र उपलब्ध गराएको छ । उनीहरूले आफ्नो स्कोरकार्डका आधारमा बढीमा दुई लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।

यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ ।

बिज्ञापन

ईसेवाले कर्जा प्रवाह सेवाका लागि कुमारी बैंक लिमिडेट र फोनलोनसँग सहकार्य गरेको छ ।

निकट भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरुलाई ‘इजी लोन’ सेवा दिने ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए । ईसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई अनलाइन भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न अग्रसर भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष