सिधाकुराको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

सिधा कुरा डटकमविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ ।

बिज्ञापन

रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी निकट ‘सीधा कुरा डट कम’ मा सार्वजनिक ‘डार्क फाइल’ भन्दै फेक अडियो प्रकरणमा सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश डा आनन्दमोहन भट्टराई समेतको नाम जोडेर अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन सेटिङ गरेको भन्दै मुछिएको थियो ।  उनीहरुले अदालत र न्यायाधीशको मानहानी गरेको,कपोकल्पित समाचार लेखेर सर्वोच्च अदालतका न्यायाधीशसमेतको मानमर्दन गरेको भन्दै सर्वोच्च अदालतका उपरजिष्टार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगानासहितविरुद्ध अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर भएका थिए ।

बिज्ञापन

सोही मुद्धामा सर्वोच्च अदालतमा परेको मुद्दामा नौ सदस्यीय बृहत् पूर्ण इजलासले आज फैसला सुनाउन लागेको हो । ९ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलासले सुनुवाइपछि बिहीबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।

त्यही सामग्रीलाई लिएर उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर भइसकेको छ ।

बिज्ञापन

यता निर्णय सुनाउनु अगाडि सीधा कुरा डट कम’ मा सार्वजनिक ‘डार्क फाइल’ भन्दै फेक अडियो बनाएकोमा प्रमाणित राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले तिमल्सिनासहित सीधा कुराका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोवार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर गरिसकेको छ । तीमध्येका तिमिल्सिनालाई हिजो राति प्रहरीले पक्रेको हो ।

फरार बनाइएका तिमल्सिनालाई प्रहरीको अपराध अनुसन्धान कार्यालयले काठमाडौंंको पेप्सीकोलाबाट नियन्त्रणमा लिए पनि उक्त प्रकरणमा सँलग्न युवराज कँडेल र नवीन ढुंगाना भने यतै ‘फरार’ छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष