प्रधानमन्त्री मातहतका २ विभाग नेतृत्वविहिन,तीन जिल्ला सिडिओ खटाउन गृहलाई सकस

सहसचिव दरबन्दी रहेका पाँच वटा महत्वपूर्ण निकाय रिक्त छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतकै दुई र गृह मातहतका तीन जिल्लामा सरकारले सहसचिवलाई जिम्मेवारी दिएर पठाउन सकेको छैन ।

बिज्ञापन

सरकारले एकै पटक ५९ सहसचिवको सरुवा गर्दा राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई खेदिएको छ । प्रचण्ड सरकार हुँदा गत जेठमा यी दुई ठूला विभागका हाकिम बन्न गएका थिए चक्र बूढा र कमल भट्टराई । ओली प्रधानमन्त्री बनेलगतै दुई महिनामै माओवादी निकटका प्रशासकहरु खेदाइमा परेका छन्, चक्र बूढालाई अहिले राष्ट्रिय सुरक्षा परिषद् र कमल भट्टराईलाई सूचना आयोगतिर लखेटिए पनि त्यहाँ नयाँ हाकिम पठाउन सकिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको विभागमा नयाँ सहससचिवलाई खटाउन सकिएको छैन ।

बिज्ञापन

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकमा सुमन दाहाललाई पठाउने तयारी छ भने राजश्व अनुसन्धान विभागमा जानका लागि चण्डी घिमिरेको दौडधूप तिव्र पारेका छन् ।  प्रधानमन्त्री कार्यालयका बरण्डामा थन्काइएका उपसचिवमध्ये इन्द्र गौतम,तेजनारायण यादव,प्रेम देवकोटाहरुलाई सम्पत्ति शुद्धीकरणमा खटाउने तयारी छ । यद्यपि ती कर्मचारीको खटन पटनमा ढिलाइ भइरहेको छ ।

उता ५९ सहसचिव सरुवा हुँदा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परे । सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने तयारी स्वरुप परराष्ट्रमा पठाइएको छ भने सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यस्तै, अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकका बनाइएको छ । अस्तिकै लटको सरुवामा राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेर पठाइएको छ तर उनीहरुलाई जिम्मेवारी दिइएको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष