प्रदेश निजामती सेवा ऐन संशोधन गर्न माग

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले बनाएको सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० लाई पुनः संशोधन गर्न थारु र रानाथारु समुदायले माग गरेका छन् ।

बिज्ञापन

ऐनमा थारु/रानाथारु समुदायको जनसंख्याको आधारमा समावेशी कोटा १८ प्रतिशत कायम गर्न माग गर्दै दुवै समुदायले ऐन संशोधनको माग गरेका हुन । ऐनमा यो समुदायको समावेशी कोटा १५ प्रतिशत कायम गर्ने उल्लेख छ । तर, दुवै समुदायको मिलाएर जनसंख्याको आधारमा यो कोटा १७.८२ प्रतिशत हुने गरेकाले १८ प्रतिशत कायम गर्नु पर्ने माग गरिएको छ ।

बिज्ञापन

भदौं ४ गते सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट विरोधका बाबजुद सर्वसम्मतले पारित भएको थियो । सदन चल्नु अगाडि थारु र रानाथारु अगुवाले प्रदेश सभाको मूल गेटमा धर्ना दिएका थिए ।
धर्नामा उपस्थित भएर मुख्यमन्त्री कमलबहादुर शाहले संशोधन प्रक्रियामार्फत माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । तर, विरोधका बाबजुद ऐन सर्वसम्मतले पारित भएपछि आज थारु कल्याणकारिणी सभा, थरुहट तारुवान् राष्ट्रिय मोर्चा, नगर भल्मन्सा समिति धनगढी, रानाथारु उत्थान मञ्च, नेपाल रानाथारु समाज, थारु नागरिक समाज, नेपाल आदिवासी जनजाति महासंघ, थारु विद्यार्थी समाजले विरोध जनाउँदै ऐन संशोधन गर्न माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष