परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

बिज्ञापन

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।डिप्लोम्याट अफिसरहरुका लागि न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग, अमेरिका, भारत, चीन, बेलायत, क्यानडाजस्ता मुलुक राजदूत पदका लागि सर्वाधिक आकर्षक मानिन्छन्। यी दुतावासलाई परराष्ट्र मन्त्रालयले ‘क’ श्रेणीमा राखेको छ। परराष्ट्र मन्त्रालय आफैंले बेल्जियमलाई ख श्रेणीमा बर्गीकरण गरेको छ । सो मुलुमा राजदूत बनेर जान लम्साल राजी भएकी हुन । अहिले त्यहाँ सहसचिव गेहेन्द्र राजभण्डारी कार्यरत छन् । यस अघि सहसचिवले राजदूतको जिम्मेवारी सम्हालिहरेको ठाउँमा लम्साल राजदूत भएर जान लागेकी हुन ।

बिज्ञापन

अब मन्त्रालयको निमित्त सचिवमा प्रवक्ता अमृत राई हुने भएका छन् । उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सहसचिव हुन् । लम्साल आगामी बर्ष अर्थात २०८२ असारमा ५८ वर्ष उमेर हद लागेर अवकाशमा जानेछिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष