शाखा अधिकृतसहित सात भ्रष्टाचारी ठहर

हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । विशेष अदालतले बुधबार उनीहरुलाई सजाय समेत सुनाएको छ । चंखेलीको वडा नं. ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको भेटिएको थियो । यसमा प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइञ्जिनियर हर्कधन बुढालाई प्रतिवादी बनाइएको थियो ।

बिज्ञापन

उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाविरुद्ध मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० फागुन ०८० मा मुद्दा दायर गर्दा यसमा वडा नं ३ का अध्यक्ष शालिग्राम ऐडीसमेत प्रतिवादी कायम गरिएका थिए । आर्थिक वर्ष ०७४/७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी भुक्तानी गरिएको भेटिएको थियो।

बिज्ञापन

यस क्रममा ११ लाख ९४ हजार रुपैयाँ अनियमितता भएको थियो । यसमा प्रतिवादी बनाइएका सबैलाई जनही ३–३ महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ । भ्रष्टाचार गरेको रकम समेत उनीहरुबाट असुल गर्न विशेषले भनेको छ। न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष