पूर्व सामान्य प्रशासन मन्त्री सल्लाहकारको मानवबेचबिखन धन्दा,परे प्रहरीको फन्दा

पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका सल्लाहकार नै मानव तस्करीमा मुछिएका छन् । प्रचण्ड सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीको अवैतनिक सल्लाहकार बुद्धि न्यौपाने मानव तस्करी धन्दामा मुछिएको फेला परेपछि प्रहरीको फन्दामा परेका छन् ।

बिज्ञापन

ग्रीन कार्डको प्रलोभन देखाउँदै मौरिससमा नेपाली युवती बेचेको रहस्य खुलेसँगै झापाको कमल गाउँपालिका–१, बस्ने ५४ वर्षीय बुद्धिराज न्यौपाने पक्राउ परेका हुन । न्यौपानेलाई तत्कालीन मन्त्री अनितादेवीले आफ्नो सल्लाहकारको रुपमा भित्र्याएकी थिइन । न्यौपाने झापा कमल गाउँपालिका नेपाली कांग्रेसका सभापति थिए । ०६४ को अन्तरिम सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाका स्वकीय सचिव थिए । पछि विवादमा परेपछि हटाइएका नेतालाई के आधारमा जनमतले सल्लाहकारको रुपमा सामान्य प्रशासन मन्त्रालयमा भित्र्याइएको थियो । अनिता मन्त्री हुँदा कर्मचारी सरुवामा सेटिङ धन्दा चलाउँदै बोलकबोलका आधारमा कर्मचारी सरुवा गर्नेमध्येका एक थिए बुद्धि ।

बिज्ञापन

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले न्यौपानेलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट सोमबार पक्राउ गरेको हो । बुद्धिले आफ्नो जागिर गएसँगै आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाई हुने कुकको काम लगाइदिने बताएका थिए । केही समयपछि ग्रीन कार्डसमेत पाइने आश्वासन देखाउँदै युवती बेचबिखन गरेको यथार्थ अहिले खुलेको हो । न्यौपानेले पीडितसँग लागत खर्च भन्दै साढे दुई लाख रुपैयाँ लिएका थिए । त्यस्तै, मौरिसस पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीडितलाई ‘मौरिसस’ लेखिएको क्याप लगाउन लगाई फोटो खिचेर मौरिससमा रहेका आफ्ना साथीलाई पठाएका थिए ।

सोहीअनुसार गत माघ १३ गते भारतको नयाँ दिल्ली हुँदै पीडित युवतीलाई मौरिसस पुर्याइयो । सोही क्यापको आधारमा पीडितको पहिचान गराई मौरिसियाका नागरिकको जिम्मा लगाइएको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

बिज्ञापन

प्रहरीका अनुसार ती मौरिसियन नागरिकले पक्राउ परेका न्यौपानेबाट उपहारस्वरुप खरिद गरी ल्याएको भनी पीडितलाई दैनिक १७–१८ घण्टा घरको काम गर्न लगाउनुका साथै खाना र तलब समेत नदिई यौन शोषण गरेका थिए । पीडितले आफुलाई नेपाल फर्काइदिन अनुरोध गर्दा न्यौपानले घर मालिकले भनेबमोजिम गर्नुपर्ने भन्दै धम्काएका थिए ।

आफू बसेको घरबाट राति भागेकी उनले पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरो मार्फत् असार २० गते स्वदेश आएकी हुन् । न्यौपानेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष