शिवम् सिमेन्ट्सले कमायो नाफा

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ ।

बिज्ञापन

कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम हो । अघिल्लो वर्ष यस कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा र बिक्री लागत बढ्दा नाफामा दबाब परेको हो । त्यसैगरी, अन्य आम्दानी पनि घटेको छ । ७ अर्ब ७५ करोड रहेको सञ्चालन आम्दानी घटेर ७ अर्ब ७० करोडमा झरेको छ ।

बिज्ञापन

यता, बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ । अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ । चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष