विशेष अदालत बारमा एमालेका वकिलको पल्लाभारी

विशेष अदालत बारमा एमालेनिकट वकिलहरुको संगठन पिपिएलए र माओवादी वकिलहरुको एनएलएका उम्मेदवार विजयी भएका छन् ।
शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित टीकाबहादुर कुँवर (निर्विरोध),उपाध्यक्ष शशिनाथ मरासिनी र सचिव युवराज बञ्जाडे तीनै जना एमाले निकट कानुन व्यवसायी हुन् ।

बिज्ञापन

अध्यक्षमा कुँवर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । उपाध्यक्षमा काँग्रेसकी पवित्रा राउतलाई एमालेका मरासिनीले १० मतको अन्तरमा पराजित गरे । विजयीले २५ र पराजितले १० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

बिज्ञापन

काँग्रेसनिकट सचिव उम्मेदवार मनिषा बस्नेतले १४ मत ल्याउँदा बञ्जाडेले १६, सहसचिव कोपिला बस्नेत, कोषाध्यक्ष गणेश घिमिरे र महिला सदस्य मौसम राई यसअघि नै निर्विरोध भएका थिए ।

सदस्यमा विजयी बसन्त जोशीले ३५, सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, कुमारराज कार्कीले ३२, यज्ञप्रसाद खतिवडाले ३३ र बोलाराम पाण्डेले २७ मत पाएका छन् । १५ मत ल्याएका गंगाराम खनाललाई पराजय हात लाग्यो ।

बिज्ञापन

निर्वाचनमा काँग्रेसले एउटा मात्रै उम्मेदवार उठाएको थियो । एमालेले माधव नेपालको एकीकृत समाजवादी निकटबाहेक अरु सबै वामसँग तालमेल गरेको थियो ।

१३ सदस्यीय कार्यसमितिका सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गंगाराम खनाल रहेका छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष