घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा भारतविरुद्ध तेस्रो सेटमा आफ्नो पक्षमा पारेको छ। काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा तेस्रो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले पछि पारेको हो ।
बिज्ञापन
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको खेलको पहिलो सेट नेपालले २५-२३ ले जितेको थियो। नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो। तर, लगातार चार अंक जोड्दै भारत खेलमा फर्कियो।
बिज्ञापन
पहिलो सेट २३–२५ ले गुमाएको भारतले दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको नतिजालाई भने भारतले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले नेपाललाई २५–१४ अंकले पछि पारेको थियो । तेस्रो सेटमा उच्च प्रदर्सन गर्दै नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।