विशेषका तीन फैसलामा अख्तियारको असन्तृष्टि,पुग्यो सर्वाेच्चको ढोका ढकढकाउन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर असन्तुष्टि जनाएको छ । विशेषाट फैसला भएका तीन वटा मुद्दाउपर चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

बिज्ञापन

आयोग प्रवक्ता नरहरि घिमिरेका अनुसार सरकारी छाप, दस्तखत किर्ते एवम् सरकारी कागजात फेरेर भ्रष्टाचार गरेको, नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी सेवामा नियुक्ति लिएको र सार्वजनिक/सरकारी सम्पत्ति हानीनोक्सानी पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा भएको फैसलामा चित्त नबुझेपछि पुनरावेदन गरिएको हो ।

बिज्ञापन

उक्त आरोपमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीसहित पाँच जनाविरुद्ध झण्डै छ लाख रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतको गत असोज २४ गतेको फैसलाले अधिकारीलाई आंशिक रुपमा दोषी ठहर गर्दै तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । सोही कसुरमा तीन जनालाई नौ महिना कैद र दुई लाख ९६ हजार जरिवाना गराइँदा एक जनाले भने सफाइ पाएका थिए ।

बिज्ञापन

यस्तै, एमएड अंग्रेजी विषयको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भएको भन्दै अछामको कालिकेश्वरी माविमा रहेको उच्च माविका तत्कालिन प्राचार्य फत्तेबहादुर सोडारीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो । विशेष अदालतले गत माघ २५ गते उनलाई सफाई दियो ।

यता, झुट्टा बिल भरपाई बनाई सरकारी रकम हानिनोक्सानी पुर्याएको कसूरमा सुर्खेतको घुमखहरे गाविसका तत्कालीन सचिव खड्कबहादुर रोकायासहित चार जनाविरुद्ध दायर गरिएको मुद्दामा पनि विशेष अदालतले गत असोज २५ गते प्रतिवादीहरुलाई सफाई दिएको थियो ।

तीन वटै मुद्दाको फैसलाप्रति असन्तुष्ट अख्तियारले यसअघि गरिएको मागबमोजिम कैद र सजायका लागि मागदाबीसहित आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष