यातायात विभागमा गत साता आगो लाग्यो अहिले फैलियो

यातायात व्यवस्था विभागको दुई कर्मचारीको कोठामा आगो लागेको कुरा अहिले भुसको आगोझै फैलिएको छ । यातायात व्यवस्था विभागको कार्यालयमा गत साता दुई वटा कोठामा आगलागी हुँदा दुई दिनसम्म सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई अवरुद्ध भएको हो । साउनको ७ र ८ गते दुई दिन सर्भर डाउन यही कारण भएको खुलेको छ ।

बिज्ञापन

दुई उपसचिवको कोठामा आगलागी भएको र प्रिन्टिङ कोठामा धुवा छिरेर सफ्टवेयर ह्याक भएको विषयलाई भित्रभित्रै गुपचुप राखिएको छ । लाइसेन्स छपाई अवरुद्ध भएको समाचार बाहिर आएपनि आगलागी भएको विषय बाहिर आउनै पाएन । दुई उपसचिव इश्वरी पनेरु र नरहरी तिवारीको कोठामा आगलागी भएको विषयलाई गुपचुप राखेका छन् । यो विषयलाई बाहिर ल्याउन विभागका महानिर्देशक उद्धव रिजालले पनि चाहेनन् ।

बिज्ञापन

एसीमा आगलागी भएपछि त्यहाँको धुवा सर्भर रहेको कोठामा छिरेको थियो । धुवा छिरेपछि पूरै सर्भर डाउन भएर दुई दिनसम्म चल्न सकेको थिएन । त्यसलाई चलाउनका लागि सिंगापुरमा रहेका कम्प्युटर इन्जिनियर सन्तोष श्रेष्ठको सहयोग लिइएको विभाग स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष