अफगानिस्तान, श्रीलंका पछि बंगलादेशका शासक भागे देशै छाडेर

शान्त तर बलियो मानिने शेख हसिना बंगलादेशका संस्थापक राष्ट्रपतिकी छोरी हुन् । विद्यार्थी आन्दोलन चरमउत्कर्षमा पुगेपछि उनी देशै छाडेर भाग्नु परेको छ । बंगलादेशको सर्वोेच्च अदालतले विवादित आरक्षण व्यवस्थालाई समाप्त गर्दै विद्यार्थीहरूको मुख्य माग पूरा गरे पनि असन्तुष्टि भने समाप्त भएन । यी प्रदर्शनहरूमा १०० भन्दा धेरै विद्यार्थी मारिए । तर गत हप्ता सरकारविरुद्ध भएको जनआन्दोलन हिंसात्मक हुँदा ठूलो संख्यामा मानिसहरू मारिए । सयौंको हताहतीपछि देश छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद सेनाको हेलिकोप्टरमा दिउँसो कोलकाता पुगेकी छन् । त्यहाँ पनि सुरक्षित नदेखिएपछि उनी राजधानी नयाँ दिल्लीतर्फ जान लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

बिज्ञापन

हसिना दिउँसो साढे २ बजे ढाकास्थित प्रधानमन्त्री निवासबाटै सेनाको हेलिकोप्टरमा भारतको पश्चिम बंगालस्थित कोलकाता गएकी थिइन् । देश छाड्नुअघि उनले राष्ट्रको नाममा सम्बोधन गर्न खोजेकी थिइन् । तर, त्यो सम्भव नभएपछि बहिनीसँगै मुलुक छाड्ने निर्णय गरेकी हुन् ।

बिज्ञापन

यसबीच बंगलादेशमा सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गरेर अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । सरकारको नेतृत्व सेनाले गर्ने उनले स्पष्टसँग बताएका छन् ।

भारतले बंगलादेशसँगको आफ्नो रेल सेवा स्थगित गरेको छ । ढाकामा हसिना सरकार ढलेकोमा विपक्षी दललगायतले खुशी मनाएका छन् । पछिल्लो तीन बर्षमा अफगानिस्तान, श्रीलंका हुँदै बंगलादेशका सरकार प्रमुखले देश छाडेर भाग्नुपर्ने स्थिति आएको छ। श्रीलँकाका रास्ट्रपति गोटाबाया राजापाक्क्षे,अफगानिस्तानका हमिद कार्जाइ र बङ्गलादेशकी शेख हसिना वाजेद निकट उदाहरण हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष