एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो

एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमै सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।  बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत बनाएको देखिएको हो।

बिज्ञापन

अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटे पनि प्रतिकूल समयका बाबजुद बैंकले सन्तोषजनक प्रगति नै गरेको देखिन्छ । यो कम्पनीको अघिल्लो वर्षको यही अवधिसम्मको लाभांश क्षमता ३८.४२ प्रतिशत रहेको थियो ।  कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको बैंकले चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने ४ अर्ब ११ करोड यस्तो नाफा आर्जन भएको थियो ।

बिज्ञापन

समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष खूद नाफा ३ अर्ब ३६ करोडमा सीमित थियो ।   अघिल्लो वर्ष ४ अर्ब ८१ करोडमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ५ अर्ब ६० करोड पुगेको छ भने ७ अर्ब ४१ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ७ अर्ब ६६ करोडको उचाईमा पुगेको छ ।

विषम परिस्थितिका बाबजुद बैंकले खराब कर्जा घटाउने सफलता पाएको छ । फलस्वरुप अघिल्लो वर्ष ०.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर यो वर्ष ०.७१ प्रतिशतमा सीमित बनेको छ ।  अघिल्लो वर्ष १३.३१ प्रतिशत रहेको रिटर्न अन इक्वीटी(आरओई) बढेर १३.३२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही घटी २३६.०६ रुपैयाँ तथा प्रतिसेयर आम्दानी  ३१.४३ रुपैयाँबाट बढेर ३१.४५ रुपैयाँ पुगेको छ ।

बिज्ञापन

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप र कर्जातर्फ नै ग्रोथ गरेको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष