मन्त्रीले हटाएका सञ्चालकद्धयलाई कुलमानले प्राधिकरणको बैठकमा बोलाए

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई दिन अगाडि नै हटाएका दुई सञ्चालकलाई समेत डाकेर नेपाल विद्युत प्राधिकरणको बैठक बसिरहेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालकद्धय भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यको जिम्मेवारीबाट हटाइसकेको छ,गत १८ साउनदेखि लागू हुने गरी । समिति सदस्यबाट हटाइएका यी दुई जना सदस्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने पक्षमा थिए । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेर पूर्व सचिवद्धय देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्ति गरिएको छ ।
तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रीले हटाएका दुई सदस्यलाई बोलाएर अहिले बोर्ड बैंठक बसिरहेको छ । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने अडान लिइरहेका उनीहरूलाई १५ साउनमा लिखित स्पष्टीकरण सोधिएको थियो । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गरिएको छ ।

बिज्ञापन

तिनै सदस्यलाई कुलमानले अहिले राखेर बैठक गरिरहेका छन् । मन्त्री खड्काले हटाए पनि आज साँझ सञ्चालक समिति बैठकमा प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले दुबै जनालाई डाकेका छन्। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्डसहितको कागजात माग्ने निर्णय गरेपछि डकुमेन्टको तयारीमा नेपाल विद्युत प्राधिकरण नेतृत्वसहितको टोली जुटेको छ ।

बिज्ञापन

बिदाको दिनसमेत प्राधिकरणको नेतृत्वसहितको टोली प्रमाण संकलनमा जुटेको हो । उद्योगीहरुले टिओडी मिटरको रेकर्ड नदिएसम्म बक्यौता नतिर्ने बताएसँगै प्राधिकरण टिओडीको डकुमेन्ट्र निर्माण गर्ने तयारीमा अहिले बैठक राखेको बुझिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष