विद्युत् प्राधिकरण सञ्चालकमा कार्की र गुरुङ नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

बिज्ञापन

सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् । कार्की र गुरुङ ऊर्जा क्षेत्रमा अनुभवी मानिन्छन् ।

यसअघि लाइन जोड्ने विषयमा असहमति जनाएका भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको सरकारले दुई नयाँ सञ्चालक नियुक्त गरेको हो ।

बिज्ञापन

स्पष्टीकरणमा चित्त नबुझेको भन्दै उनीहरूलाई पदमुक्त गरी नयाँ सञ्चालक नियुक्त गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन नमानेको र सरकारलाई असहयोग गरेको भन्दै गत साता पुन र आचार्यलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष