भारतको एसबीआई बैंकको छलाङ, कमायो १७ हजार करोडभन्दा बढी नाफा

भारतको सरकारी स्वामित्को सबैभन्दा ठुलो बैंक ‘स्टेट बैंक अफ इन्डिया’ (एसबीआई) ले शनिबार चालू आर्थिक वर्ष २०२४/२०२५ को पहिलो त्रैमासिक (अप्रिल(जून) महिनाको नतिजा सार्वजनिक गरेको छ। जसमा बैंकले १७ हजार ३५ करोड रुपैयाँ एकल खुद नाफा कमाएको छ।

बिज्ञापन

वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिहत ले बढी हो। बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ हजार ८८४.२९ करोड रुपैयाँ नाफा कमाएको थियो। यस त्रैमासिकमा ब्याज आम्दानी रु १,११,५२६ करोड थियो। जुन गत आर्थिक वर्षको सोही त्रैमासिकमा रेकर्ड गरिएको रु ९५,९७५ करोड भन्दा १६५ बढी हो। बैंकले अप्रिल/जुन त्रैमासिकमा ५७,०४१ करोड रुपैयाँको तुलनामा ७०,४०१ करोड रुपैयाँ खर्च गरेको छ। यो वार्षिक आधारमा २३५ बढी हो। पहिलो त्रैमासिकमा बैंकको खुद ब्याज आम्दानी रु ४१,१२५ करोड (प्रति दिन करिब रु ४५७ करोड) रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो ३८,९०५ करोड रुपैयाँ थियो।

बिज्ञापन

बैंकको कुल आम्दानी पनि बढेको छ। जुन त्रैमासिकमा १३.५५ प्रतिशतले बढेर १,२२,६८७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको आम्दानी १,०८,०३८ करोड रुपैयाँ थियो । तर, त्रैमासिक आधारमा बैंकको आम्दानी भने घटेको छ। ४.४५ प्रतिशतले घटेको छ। बैंकको मार्केट क्याप हाल ७।५६ लाख करोड रुपैयाँ छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष