कक्षा १२ को नतिजा :- ५२ दशमलव ९१ प्रतिशत उत्तीर्ण,१२२ को परीक्षा रद्ध

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

बिज्ञापन

परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी रहेका थिए जसमा नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका भने ४७ दशमलव ०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् ।
नतिजा अनुसार, नौ हजार ५९१ विद्यार्थीले ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३ दशमलव ६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका हुन् । यस्तै सबैभन्दा बढी २ दशमलव ८१ देखि ३ दशलमव २० जीपीए ल्याउने रहेका छन् ।

बिज्ञापन

सबैभन्दा कम १।६१ देखि २।० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २ दशमलव ०१–२ दशमलव ४० सम्म ल्याउने ८,२४०, २ दशमलव ४१–२ दशमलव ८० सम्म ल्याउने ६१,०३६, २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ७८,०७५, ३ दशमलव २१–३ दशमलव ६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् । यस्तै ३ दशमलव ६१–४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए यस्तै परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै नतिजा रद्द गरेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष