सीजी मोटर्सले नेपालमै पहिलोपटक ईभी ब्याट्री सीएटीएलको सर्भिस सेन्टर र ल्याब खोल्दै

चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी मोर्टसले नेपालमा विद्युतीय सवारी (ईभी) ब्याट्रीको सर्भिस सेन्टर र ल्याब स्थापना गर्ने भएको छ । सीजीले विश्वकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको सर्भिस सेन्टर र ब्याट्री ल्याब स्थापना गर्ने भएको हो ।

बिज्ञापन

नेपालमा ईभीको बजार बढ्दै गएका बेला ग्राहकलाई सेवा दिन कम्पनीले सुविधा सम्पन्न ब्याट्री सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको बताएको छ ।

बिज्ञापन

यस कदमले ब्याट्रीलाई लिएर उत्पन्न आशंका मेट्दै ग्राहकलाई थप विश्वस्त पार्ने कम्पनीको विश्वास छ । ईभी ब्याट्री सर्भिस सेन्टर यसै वर्ष सन् २०२४ सेप्टेम्बरबाट सुरु हुने सीजीले जनाएको छ ।

सीएटीएलको प्राविधिक ट्रैनिङ लिएका दक्ष जनशक्तीमार्फत छुट्टै सर्भिस हबबाट दुवै सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।ब्याट्री सर्भिसमा उत्कृष्ट प्राविधिकले सर्भिस सेन्टरबाट सेवा दिने सीजीको भनाइ छ ।

बिज्ञापन

ईभीको बजारमा ३७ प्रतिशत हिस्सा ओगटेको सीएटीएल ब्याट्रीले नेपालमा दुई तिहाइ बजार हिस्सा रहेको दाबी गरेको छ ।

सीजी मोटर्सले उक्त सेन्टरबाट सीएटीएलको ब्याट्री जडित सबै ब्रान्डका ग्राहकलाई सेवा दिने बताएको छ ।

छोटो समयमै सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकले सेवा लिन सक्ने भएसँगै नेपालमा सीएटीएल ब्याट्री अझै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष